फोनिज दिवसमा मैत्रीपूर्ण फुटसलदेखि पत्रकारिता पुरस्कार अर्पणसम्म

‘कञ्चन पत्रकारिता पुरस्कार-२०७९’ को  छनोट समितिको संयोजकमा अधिवक्ता थापा

पाेखरा | असार २८, २०७९

फोनिज दिवसमा मैत्रीपूर्ण फुटसलदेखि पत्रकारिता पुरस्कार अर्पणसम्म

पोखरा :  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ का लागि प्रतिभा छनौट समिति गठन गरिएको छ ।

 

समाजसेवी एवं व्यवसायी विमलमान गुुभाजूू तथा परिवारद्वारा बुुबा स्व. वेदमान गुुभाजूू र आमा स्व. नेत्रकुमारी गुुभाजूूको स्मृतिमा स्थापित सो पुरस्कारका लागि नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा पाँच सदस्यीय छनौट समिति गठन गरिएको हो ।

 


पोखरा-२५, सुुइखेतस्थित सुुइखेत रिभर भ्याली रिसोर्टमा सम्पन्न फोनिज गण्डकी प्रदेशको बैठकले छनौट समिति गठन गर्ने निर्णय गरेको महासचिव धनबहादुर गुरुङ (सुमन)ले जानकारी दिए । उनका अनुसार छनौट समितिको सदस्यहरूमा शान्ति गुरुङ, एमबी आस्था मगर, अध्यक्ष रूद्रबहादुर श्रीसमगर र महासचिव धनबहादुर गुरुङ (सुमन) रहेका छन् । 

 


उक्त पुरस्कार आगामी साउन २७ गते फोनिजको २२ औं स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश कार्यक्षेत्र भएका दुुई जना आदिवासी जनजाति पत्रकारलाई जनही २५ हजार नगदसहित प्रदान गरिनेछ । यस पुरस्कारबाट यसअघि, रूद्रबहादुर थापामगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ र केबी रानामगर पुरस्कृत भइसकेको महासचिव धन बहादुर गुरुङले बताए । 

 

यसैबीच बैठकले फोनिजको २२ औं स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता सम्पन्न गर्न सचिव सुशान्त गाहामगरलाई संयोजकको जिम्मेवारी तोकिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र सञ्चारिका समूह गण्डकीसँग फोनिज, गण्डकी प्रदेशले मैत्रीपूर्ण फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको हो । त्यसैगरी, फोनिज, गण्डकीले स्थापना दिवसको अवसरमा लेखनवृत्ति प्रतियोगिता समेत आयोजना गर्ने निर्णय गरेको छ । लेखनवृत्तिको लागि पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन गरिएको छ ।


फोनिज, गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगरको अध्यक्षतामा भएको बैठकमा फोनिज, गण्डकी प्रदेशका निवर्तमान इञ्चार्ज हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष एमबी आस्था मगर, पुरस्कारका संस्थापक विमलमान गुुभाजूूले विभिन्न सुुझाव दिएका थिए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्